You are viewing the translated version of बैदेशिक पर्यटन शुल्क.
Section 22
बैदेशिक पर्यटन शुल्क
- (१) विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लगाई असुल गरिनेछ।
(२) देहाय बमोजिमको व्यक्तिले उपदफा (१) बमोजिमको दरले वैदेशिक पर्यटन शुल्क लगाई असुल गर्नु पर्नेछः-
(क) वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीको
बखत,
(ख) फर्म वा कम्पनीले व्यवसाय प्रवर्द्धनका सिलसिलामा आफू सम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैँजादा लाग्ने खर्च लेखाङ्कनका बखत ।
(३) उपदफा (२) बमोजिम-वैदेशिक पर्यटन शुल्क बापत सङ्कलन गरेको रकम अर्को महिनाको पच्चीस गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सहितको जानकारी सम्बन्धित राजस्व कार्यालयमा पठाउनु पर्नेछ।
(४) उपदफा (३) बमोजिमको अवधिभित्र उपदफा (२) बमोजिमको कुनै व्यक्तिले वैदेशिक पर्यटन शुल्क बापतको रकम दाखिल नगरेमा वार्षिक-पन्ध्र प्रतिशतका दरले ब्याज लगाई असुल गरिनेछ।
(५) उपदफा (२) बमोजिमको कुनै व्यक्तिले उपदफा (३) बमोजिमको विवरण पेश नगरेमा त्यस्तो व्यक्तिलाई विवरण पेश गर्नु पर्ने मितिबाट यस्तो विवरण दाखिला नभएको मितिसम्मको वार्षिक दुई दशमलव:पाँच प्रतिशतका दरले हुने रकम शुल्क लाग्नेछ।
(६) _उपदफा (२) बमोजिमको व्यक्तिले उपदफा (१) बमोजिमको वैदेशिक पर्यटन शुल्क बापतको रकम असुल नगरेमा सो रकमको पच्चीस प्रतिशत शुल्क लाग्नेछ।
(७) वैदेशिक पर्यटन शुल्कको प्रशासन आन्तरिक राजस्व बिभागले निर्धारण गरे बमोजिम हुनेछ।